Section 51E
भूमिको वर्गीकरण तथा भू–उपयोग कार्यक्रमको सञ्चालन
(१) नेपाल सरकारले भूमिको समुचित उपयोगको लागि भूमिलाई देहाय बमोजिम वर्गीकरण गर्नेछः–
(क) कृषि क्षेत्र
(ख) आवासीय क्षेत्र
(ग) व्यावसायिक क्षेत्र
(घ) औद्योगिक क्षेत्र
(ङ) खानी तथा खनिज क्षेत्र
(च) निर्माण सामाग्री (ढुंगा, बालुवा, गिट्टी) उत्खनन् क्षेत्र
(छ) साँस्कृतिक र पुरातात्विक महत्वको क्षेत्र
(ज) नदीनाला र ताल तलैंया क्षेत्र
(झ) वन क्षेत्र
(ञ) सार्वजनिक उपयोग (खुला तथा अन्य) क्षेत्र
(ट) जोखिम क्षेत्र
(ठ) तोकिए बमोजिम अन्य क्षेत्र ।
(२) नेपाल सरकारले उपदफा (१) बमोजिम भूमिको वर्गिकरण सार्वजनिक हित तथा भूमिको भौगर्भिक बनोट, प्रकृति, क्षमता र मौजुदा प्रयोगको अवस्थाको आधारमा गर्नेछ । ।
(३) उपदफा (१) बमोजिम जग्गा वर्गीकरण गरिसकेपछि तोकिएको अधिकारीले कुन जग्गा कस्तो वर्गीकरण अन्तर्गत परेको हो सो को सार्वज्निक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(४) सम्बन्धित निकायले नेपाल सरकारबाट स्वीकृत नीतिको अधिनमा रही भू–उपयोग कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।